![आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/jut-sital-paraba-mahottari-hita.jpg)
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ ।
त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ । त्यसैगरी लुटन टाउनको ३३ खेलमा २५ अंक रहेको छ र रेलिगेसन जोनमा रहेको छ ।
![मल्लोर्काविरुद्ध रियल म्याड्रिडको संघर्षपूर्ण जित](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/real-madric.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच