काँग्रेसले सहकारीको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रहार गर्नु उचित होइन : एमाले सांसद थापा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडाैं । सत्तारुढ प्रमख घटक नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेपाली काँग्रेसले सहकारीको विषयलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई खेद्नु उचित नभएको बताउनुभएको छ ।

सांसद थापाले सहकारीको विषयमा राष्ट्रिय बहसको विषय हुनुपर्नेमा व्यक्ति केन्द्रित गरेर काँग्रेसले सत्तापक्षबाट प्रतिपक्षमा जाँदामा छटपटी अभिव्यक्त गरेको जिकिर पनि गर्नुभयो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सहकारी सम्बन्धि उपप्रधानमन्त्री लामिछानको मुद्दाको विषयमा अदालतमा विचाराधिन रहेकाले त्यसमा संसदमा छलफलको कुनै अर्थ नभएको पनि स्पष्ट पार्नुभयो । सांसद थापाले सहकारीको विषय प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने खालको विषय नभएकोतर्फ पनि काँग्रेसको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, प्रतिनिधि सभाको यो बैठकमा हामी जनताको प्रतिनिधि भएर आएपछि निर्धक्क छलफल पक्ष, विपक्षमा आफ्ना मतहरु राख्न पाउँछौँ, सक्छौँ । त्यो स्वतन्त्रतासहित उपस्थित छौ । यो सार्वभौमिकताको अभ्यास गर्ने थलो हो भनेर उपस्थित छौं । सत्तापक्षमा भएको कारणले बोल्न पाइँदैन भन्ने स्थिति पनि हामीले भोग्नुप¥यो । हामीले प्रतिपक्षमा रहँदा सुनकाण्डको छानविन गरौं भन्दा सत्तापक्षले यसमा पनि छानविन हुन्छ भनेर ओठे जवाफ दिनुभएको थियो । यो ओठे जवाफ दिने ठाउँ संसद होइन भनेर हामीले भन्यौ । र सुनकाण्ड सम्बन्धि आयोग बन्यो । र त्यसले सुनकाण्डको तस्करीको मुहान त्यसले खुला गरेको छ । त्यसले उजागर गरेको छ, सार्वजनिक गरेको छ । देशका लागि एजेण्डा उठाउँदा सत्तापक्षमा भएपनि, प्रतिपक्षमा भएपनि तथ्यमा आधारित भएर उठाइएको छ भने त्यसले परिणाम दिन्छ भन्ने कुरा हिजो हामीले प्रतिपक्षमा भएर गरेको कामले पुष्टि गरेको छ । सहकारीको विषय आज राष्ट्रकै बहसको विषय भएको छ । हामी यसमा सम्यक बहस चाहन्छौ । यसमा बहस होस भन्ने चाहन्छाैँ । तर व्यक्ति केन्द्रित गरेर अदालतमा विचाराधिन विषयमा कास्की जिल्ला अदालतमा विचाराधिन विषय हो यो । सूर्य दर्शन सहकारीसँग सम्बन्धित विषय । सत्तापक्षका, प्रतिपक्षका यो सार्वभौम संसदका सबै माननीय सदस्यहरुलाई अदालतमा विचाराधिन विषय यहाँ बहसको विषय हुन्न भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर हामीले यो विषय थाहा पाईकन पनि उठाईरहेका छौं । किन उठाइरहेका छौ भने हामी सहकारीको विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्न होइन । सहकारीको विषयमा हामीले प्रतिपक्षमा हुँदा पनि कुरा उठाएको थियौं, आज पनि कुरा उठाउँछौ । र म भन्न चाहन्छु–सहकारी प्रतिपक्षमा बस्दा जाग्ने, सत्तापक्षमा बस्दा निदाउने त्यो समस्या होइन मित्रहरु । म यो कुरा राख्न चाहन्छु । सहकारीको विषय, वचत कर्ताको वचत अपचलनको विषय ठगीको विषय हो र एक जना पनि सहकारीको वचतकर्ता ठगिनु हुन्न । र, उनीहरु नठगिने स्थिति सुनिश्चितता सरकारलाई यो संसदले निर्देशन गरेर हुन्छ कि, कानून बनाएर हुन्छ कि, के गरेर हुन्छ ? हामीले गर्नु पर्छ । यो ल्याकत र हैसियत यो संसदले राख्न सक्नु पर्छ । हामीले त्यसो गर्न सकेनौ भने सहकारीको मामिलामा हामीले गरेको अरन्यरोदन हामीले सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोशिस अन्तरगत उठाइएको अरन्यरोदन हुनेछ भनेर मैले यसले देशलाई केही दिने छैन । प्रतिपक्षबाट आएको छ । हामीले सुन्यौं–प्रतिपक्षको कुरा नसुन्ने भन्ने हुन सक्दैन । तर प्रतिपक्षले प्रधानमन्त्रीले गठबन्धनको नेता भएर बोल्नु भयो भनेर भन्नु भयो । प्रधानमन्त्रीले प्रतिपक्षको नेता भएर बोल्नुपर्ने हो ? प्रधानमन्त्रीले सत्तापक्षको बहुमत लिएर यो मुलुकको नेतृत्व गर्छु भन्नु भएको हो । त्यसकारण उहाँले गठबन्धनको नेताको हैसियतले नै बोलेको कुराको सन्दर्भमा प्रधानमन्त्रीले बोल्नु भएको कुराको सन्दर्भमा गठबन्धनको नेता भएर बोल्नुभयो भन्ने सन्दर्भमा यो कुरा मिलेन क्या । मिल्ने कुरा गर्नु प¥यो । प्रतिपक्षका नेतालाई प्रतिपक्षको आवाजसहित बोल्न आग्रह गर्दछौं । कुरा सुन्ने प्रतिपक्षका पनि, सत्तापक्षका पनि सबैका कुरा सुन्ने र एउटा निष्कर्षमा यो देशलाई पुर्‍याउने काम हामीले गरौं । म त भन्छु–सहकारीको सन्दर्भमा चाहे ओरिएन्टलको सन्दर्भमा होस्, चाहे अरु विभिन्न सहकारीको सन्दर्भमा सिभिल सहकारी नै होस । सूर्य दर्शन होस । कुन सहकारीका हुन ? सबैका विषयमा जति पनि कुरा उठेका छन । अहिले अहिले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर बचतकर्ताको बचतलाई सुरक्षित गर्ने, उनीहरुले फिर्ता पाउने, उनीहरुको बचत फिर्ता पाउने प्रत्याभूति गर्ने, सहकारीमार्फत भएको लगानी सुरक्षित गर्ने र त्यहाँ भएका अपचलन, त्यहाँ भएका बदमासीहरुलाई कारबाही गर्ने विषय नै मुख्य विषय हो । र, यो विषय व्यक्ति केन्द्रित विषय होइन । यो विषय केन्द्रित विषय हो । यो विषय केन्द्रित विषयमा हामीले समाधान खोज्नुपर्छ । समस्याग्रस्त सहकारी घोषणा गर्ने र बचतकर्ताहरुलाई बिल्लीबाठ पार्ने जति पनि कोशिसहरु भएका छन । यी समाधान दिने कामहरु होइनन । यो सहकारीको सन्दर्भमा यो रवि लामिछानेजी वा कोही मन्त्री केन्द्रित, सत्तापक्षबाट प्रतिपक्षमा गएकोकारण उठाउने विषयमा होइन । सहकारीको सन्दर्भमा राष्ट्रिय बहस सृजना गराैँ । समाधान गराैँ । कुनै पनि विषयमा समाधान छन भने अध्ययन गरौं । अगाडि बढाऔं । यो सत्ता र प्रतिपक्षको सौदावाजीको दाउपेचको विषय नबनाउ भन्ने कुरा राख्न चाहन्छु । यसमा व्यक्ति केन्द्रित प्रहारको कुनै अर्थ छैन । कोही पनि व्यक्तिले यस खालको प्रहार खेप्नु उचित होइन । म यो कुरा राख्न चाहन्छु ।’

सांसद थापाले सहकारीलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी निक्षेपकर्ताको रकम सुरक्षित गर्ने दायित्व सरकार र सिंगो संसदका रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?