नौ वर्षपछि थ्री स्टारमा विराज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन नौ वर्षपछि थ्री स्टार क्लब फर्किनुभएको छ । थ्री स्टारमा फर्किनुभएका विराजलाई क्लबका अध्यक्ष अरुणमान जोशीलगायतले स्वागत गर्नुभएको थियो ।

अघिल्लो वर्ष उहाँले च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो । च्यासल गत वर्ष रेलिगेसनमा परेको थियो । त्यसअघिको सिजनमा मच्छिन्द्र क्लबबाट खेल्दै उहाँले लिगको उपाधि जित्नुभएको थियो ।

विराजले राष्ट्रिय टोलीबाट भने दुई वर्षअघि नै सन्यास लिनुभएको थियो । विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औँ दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेको थियो । विराजले यसअघि संकटा, एनआरटी, मनाङ मस्याङ्दी, थ्री स्टार र मच्छिन्द्र फुटबल क्लबबाट ‘ए’ डिभिजन लिग खेलिसक्नुभएको छ । विराजले मनाङ, थ्री स्टार र मच्छिन्द्र क्लबबाट लिगको उपाधि जितिसक्नुभएको छ ।

विमलस्पोर्ट्स एम्बासडर
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर जिनियस आइबी वल्र्ड स्कुलको जिनियस स्पोर्ट्स एम्बासडर नियुक्त हुनुभएको छ । ललितपुरको लुभुमा रहेको जिनियस आइबी वल्र्ड स्कुलले विमललाई स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको हो । सम्झौतापत्रमा जिनियसका अध्यक्ष नवीनकुमार जोशी र विमलले एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभयो । जिनियसका शैक्षिक प्रमुख प्रदीप बज्राचार्यले विमलले जिनियसको फुटबल टोलीलाई प्रशिक्षण दिनुपर्ने, जिनियसको कार्यक्रममा सहभागी हुनुपर्ने, जिनियसको प्रवद्र्धनलगायतका कार्यमा सहयोग गर्ने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?