मच्छिन्द्रलाई पुलिसले हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्बलले साबिक विजेता मच्छिन्द्र क्लबलाई पराजित गरेको छ । पुलिसले एक गोलले पछि परेको स्थितिमा मच्छिन्द्रमाथि २-१ को पुनरागमन जित निकालेको हो । पुलिसका लागि मोसेस ग्यवाले दुवै गोल गर्नुभयो भने मच्छिन्द्रका ओलावाले ओलाडिपो अफिजले एक गोल फर्काउनुभयो ।

च्यासल मैदानमा आइतबार भएको खेलको २७औँ मिनेटमा ओलावाले आफिजको गोलबाट मच्छिन्द्रले अग्रता लियो । खेलको ७५औँ मिनेटमा र ८१औँ मिनेटमा मेसोसले दुवै गोल फर्काउँदै जित दिलाउनुभयो ।

यस जितसँगै चौथो स्थानमा यथावत् रहेको पुलिसको २४ खेलबाट ३७ अंक पुगेको छ । समान ३७ अंक नै रहे पनि जावलाखेल गोल अन्तरमा तेस्रो स्थानमा छ । पुलिससँगको हारसँगै मच्छिन्द्रको उपाधि होड कमजोर बनेको छ । मच्छिन्द्रको २४ खेलबाट ३९ अंक छ । मच्छिन्द्र शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँग पाँच अंकले पछि परिसकेको छ । चर्च ब्वाइजलाई च्याम्पियन बन्न अब दुई खेलबाट एक अंक नै पर्याप्त हुनेछ ।

मच्छिन्द्रले दुवै खेलमा जित तथा चर्च ब्वाइजले एक खेलमा जित र हारको नतिजा निकाल्दा दुवै टोलीको समान ४५ अंक पुग्दा चर्च ब्वाइज हेड टु हेडमा च्याम्पियन बन्नेछ । चर्च ब्वाइजले दोस्रो राउण्डमा मच्छिन्द्रलाई २-१ ले पराजित गर्दा पहिलो राउण्डमा गोलरहित बराबरी खेलेको थियो ।

लिगको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शेर्पाका दिवस उराउले गोल गर्दा एनआरटीका दिपेश आलेले बराबरी गोल फर्काउनुभयो ।

प्रतिस्पर्धात्मक खेलको ५२औँ मिनेटमा दिवस उराउले गोल गर्दै शेर्पालाई १-० को अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा दिपेश आले मगरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । यस बराबरीसँगै शेर्पा २४ खेलबाट ३१ अंक जोडेर सातौँ स्थानमा रहेको छ । एनआरटी ३० अंक जोडेर नवौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?