प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र अमेरिकन नियोग युएसएडका प्रमुख प्रशासक सामन्था पावर बीच शिष्टाचार भेटवार्ता भएको छ ।

मंगलबार सिंहदरबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो।

यसअघि पावरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग भेटवार्ता गर्नुभएको थियो ।

सामन्था पावर मंगलबार नै नेपाल आउनु भएकाे हाे । नेपाल आएलगतै पावरले उच्चस्तरीय भेटवार्ता गरिरहनुभएकाे छ ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै सामन्था नेपाल आउनु भएकाे हाे । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदको सदस्यसमेत रहनुभएकाे उहाँ अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुनु हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?