डब्लुपिएलको अक्सनमा बिकेनन् नेपाली खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा नेपाली महिला क्रिकेटरहरू बिक्री भएनन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आयोजना गर्न लागेको डब्लुपिएलको अक्सनका लागि जारी भएको ४०९ जना खेलाडीको अन्तिम सूचीमा कुनै पनि नेपाली खेलाडी अटाएनन् ।

अक्सनका लागि नेपालका पाँच खेलाडीको नाम दर्ता भए पनि कसैले पनि कोहीलाई अनुबन्ध गरेनन् । नेपालबाट कप्तान रुविना क्षेत्री, अल राउण्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माको नाम अक्सनमा समावेश भएको छ ।

आयोजक बिसिसिआईका अनुसार डब्लुपिएलमा हरेक टोलीले बढीमा १८ खेलाडी किन्न पाउनेछन् । एक टोलीमा सात विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा कम्तीमा एक नेपाल जस्ता एसोसियट खेलाडी हुनुपर्नेछ ।

सोही कारण नेपाली खेलाडीको सम्भावना उच्च देखिन्छ । प्लेइङ ११ मा पाँच विदेशी खेलाडी खेलाउन पाउँदा एक एसोसियट हुनुपर्ने हुन्छ । खेलाडीहरूमाथि पाँच फ्रेन्चाइज टोलीले बोली लगाउनेछन् । प्रतियोगिता आगामी मार्च ४ देखि २६ सम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?