काठमाडौं । माछापुच्छ्रे बैंकले सिरहाको कर्जनहास्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा मा एकहप्ते व्यावसायिक सीपमूलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीमा व्यावसायिक र प्राविधिक ज्ञान एवं सिप विकास गर्ने उद्देश्यले बैंकले ‘इञ्जिनियर्स विदाउट बोडर्स’ सँगको सहकार्यमा व्यावसायिक सीपमूलक तालिम सञ्चालन गरेको हो । बैंकले एक सातासम्म स्कुल प्रांगणमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो ।
समापन कार्यक्रममा वन तथा वातावरणमन्त्री एवं बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले विद्यालयस्तरदेखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सकेका खण्डमा भविष्यमा विद्यार्थीले आफ्नो इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । सो अवसरमा गोबर ग्याँसबाट बायोग्याँस निकाल्ने, पानी फिल्टर गर्ने तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरू बनाउने तालिम प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच