उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा मंगलबार भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्द्वी घरेलु टोली परेको हो । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बंगलादेशले भुटानलाई पाँच-शून्य गोल अन्तरले हराएको हो ।

अब नेपालले बंगलादेशसँग उपाधिका लागि बिहीबार खेल्नेछ । यस जितपछि बंगलादेशले तीन खेलमा सात अंक जोड्यो । र, बंगलादेश शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । भुटान भने तीनै खेलमा पराजित हुँदै अंकविहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ । भारतले तीन खेलमा चार अंक जोड्यो । नेपाल भने लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ । नेपालले तीन खेलमा ६ अंक जोड्यो । नेपालले मंगलबार भारतलाई तीन-एक गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

एक-शून्यले पछि परेको अवस्थामा नेपालले पुनरागमन जित हात पारेको थियो । भारतका लागि अपूर्णा नार्जरीले गोल गर्दा नेपालको जितमा अञ्जली चन्द, प्रीति राई र अमिशा कार्कीले गोल गर्नुभएको थियो ।

भारतका लागि २१औँ मिनेटमा अपूर्णा नार्जरीको गोलबाट भारतले अग्रता लियो । दोस्रो हाफको सुरुवातमै नेपालले बराबरी गोल फर्कायो । ४८औँ मिनेटमा अञ्जली चन्दले नेपालका लागि बराबरी गोल फर्काउनुभएको थियो । कप्तान प्रीति राईले ६९औँ मिनेटमा नेपालका लागि दोस्रो गोल गर्दा ८९औँ मिनेटमा अमिशा कार्कीले तेस्रो गोल गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?