क्यान इन्फोटेकमा विभिन्न कम्पनीको छुट अफर

Read Time = 3 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) आयोजनाद्वारा काठमाडौंमा आयोजित क्यान इन्फोटेकमा प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा प्रवद्र्धनका लागि विभिन्न छुट अफर ल्याएका छन् । सिजीले घरायसी उपकरणमा विशेष छुट अफर ल्याएको छ ।

सिजीको ए २८ र ए २९ रहेको स्टलमा सिजी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक घरायसी उपकरण र स्मार्ट घरायसी उपकरण रहेका छन् । स्टलमा विभिन्न १३ ब्राण्डका घरायसी उपकरण रहेका छन् । जसमा एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्साई, केइएनटी हेल्थ केयर, एलिका, क्रोम्प्टेन, ब्याक प्लस डिस्केर, माइडिया, बेकोलगायत ब्राण्डका घरायसी उपकरण रहेको स्टल प्रमुख सुस्मिताले जानकारी दिनुभयो । रेफ्रिजेरेटर, एयर कन्डिसनर, माइक्रोओभन, डिसवासरलगायत विभिन्न घरायसी उपकरण खरिदमा २० प्रतिशतसम्मको छुट र उपहार रहेको कम्पनीले जनाएको छ । क्यान इन्फोटेकमा सामान खरिद गर्ने र बुकिङ गर्नेलाई २० प्रतिशत छुट अफर मान्य हुने बताइएको छ ।

मेलाको ब्राण्डिङ कक्षमा देश-विदेशका विभिन्न कम्पनी एवं ब्राण्ड रहेका छन् । जसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवाप्रदायक, टेलिकम सेवाप्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्सलगायत रहेका छन् । यसपटकको मेलामा स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्र, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो । मेलामा कुल दुई सय स्टल रहेका छन् ।

मेलाकै अवसरमा आयोजक क्यानले माघ २५ गतेसम्म सूचना प्रविधिसम्बन्धी विभिन्न सेमिनार पनि आयोजना गर्दैछ । क्यान इन्फोटेक २०२३ को एसोसिएट स्पोन्सरमा डिसहोम फाइबरनेट रहेको छ भने डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, हृवावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?