यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिदमूल्य १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एकको खरिद मूल्य १४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १४१ रूपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो ।

यस्तै, आज बेलायती पाउण्डको खरिददर १५९ रूपैयाँ २५ पैसा र बिक्रीदर १५९ रूपैयाँ ९८ पैसा तोकिएको छ। यस अघि बुधबार यसको खरिददर १५८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रूपैयाँ ८ पैसा तोकिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रूपैयाँ २५ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ९१ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

आज लागि क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८८ पैसा तोकिएको छ। यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ २ पैसा छ।

मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ६४ पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ७८ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ९७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ९३ पैसा छ।

यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९८ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?