याडिया इ-स्कुटरको एक्सचेन्ज अफर

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित याडिया ब्राण्डको इ-स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ३० हजार रुपैयाँ नगद छुटसहित याडिया एक्सचेन्ज मेलाको घोषणा गरेको छ । विद्युतीय दुईपांग्रे सवारीसाधनको अग्रस्थानमा रहेको ब्राण्ड याडियाले यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलमा छोटो अवधिका लागि ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले पुरानो बाइक र स्कुटरमा आकर्षक ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजका साथ सजिलो इएमआईका साथै एक वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ । ६० देखि ८० किलोमिटरसम्म माइलेज दिने याडिया स्कुटरको मूल्य दुई लाख ५५ हजारदेखि तीन लाख ७० हजार रुपैयाँसम्म रहेको छ ।

विश्व बजारमा याडियाले ९० भन्दा बढी देशमा छ करोड प्रयोगकर्ताका साथै इलेक्ट्रिक मोटरसाइकल, मोपेड, साइकल र किक स्कुटरसहित इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनको विकास र निर्माणमा अग्रस्थान हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?