राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारवाजी नियतबश भइरहेको छ : विष्णु रिजाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारवाजी हुनु नियतवश भएको बताउनु भएको छ ।

शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट चिकित्सक घाइते भएकोप्रति रिजालले राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दवाव दिन सुझाउनु भएको छ ।

सवारी उल्लंघन भएको भन्दै प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा। जनिथलाल सिंह घाइते हुनु भएको थियो । उक्त घटनापछि त्यसविरुद्म सामाजिक सञ्जाललगायत सडकमासमेत विरोध भइरहेको छ ।

यसै विषयलाई लिएर नेता रिजालले यस घटनामा राष्ट्रपतिको शान्ति–सुरक्षा र प्रोटोकल जस्ता विषय सरकारले निर्धारण गर्ने गरेको र त्यसको सुधारका लागि सरकार नै जिम्मेवारी हुनुपर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जालमा नेता रिजालले लेख्नुभएको छ:

'राष्ट्रपतिको आदेशले सडक बन्द गरे जस्तो प्रचारवाजी हुनु नियतबश छ । किनभने, शान्ति–सुरक्षा, प्रोटोकल जस्ता विषय विल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो । यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दवाव दिनुपर्छ ।'

— Bishnu Rijal (@bishnurijal1) February 11, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?