विद्यार्थीलाई पोसाक तथा झोला वितरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले विद्यार्थीलाई पोसाक तथा झोला वितरण गरेको छ । यस नगरपालिकाभित्र सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत २८ जना अभिभावकविहिन बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ ।

रेसुङ्गा नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अध्ययनमा प्रोत्साहन गर्ने उदेश्यका साथ बालबालिकालाई विद्यालय पोशाक र झोला, जस्ता सामग्री प्रदान गरिएको शाखा प्रमुख कल्पना पाण्डेले जानकारी दिनुभयो ।

पोसाक तथा झोला वितरण गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेका अभिभावकविहिन बालबालिकाहरुको अभिभावकत्व लिन रेसुङ्गा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । यसरी बालबालिकाको अध्ययनमा प्रोत्साहन गर्न पाँउदा आफुलाई खुसी लागेको उहाँले उल्लेख गर्नुभयो ।

अभिभावकविहिन बालबालिकाको विद्यालयले नै पहिचान गरि प्राथमिकताका आधारमा सिफारिस गरेका बालबालिकालाई विद्यालय पोसाक, जुत्ता-मोजा, झोला, टाइ-बेल्ट लगायतका सामग्री वितरण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?