अर्किडको सफल सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक अर्किड स्कुल ‘ए’ ले सातौँ अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा सफल सुरुवात गरेको छ । काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले गोठाटारलाई एक-शून्य गोलले पराजित गर्‍यो । सुमन खड्काले निर्णायक गोल गर्नुभयो ।

अन्य खेलमा भीमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले । भीमेश्वरले मनाङ्क प्याराडाइसलाई तीन-शून्य गोलले हरायो । रूपेश थापाले हृयाट्रिक गर्नुभयो । गोल्डेन बडले सनराइजमाथि तीन-एकको जित दर्ता गर्‍यो । विजयी टिमका लागि रोशन खड्का, रोनिस श्रेष्ठ र सुजल तामाङले गोल गर्नुभयो । सनराइजका निकेश तामाङले सान्त्वना गोल फर्काउनुभयो ।

नकआउट प्रतियोगितामा आयोजकका दुईसहित ३८ टिम सहभागी छन् । सहभागी टिमहरूमा अर्किड ‘ए’ र ‘बी’, गोठाटार, मानाङ्क प्याराडाइस, भीमेश्वर, नाम्स, दर्शना, सांग्रिला, लाइसियम, सिसिएस, बेष्ट ग्रुप भिजन, कौस्तुभ, हाइली क्रिएटिभ, बाल गीताञ्जली, सनराइस, गोल्डेन बड, एकलव्य, प्रीतिमा, मनकामना, श्रमशील, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, टाइमलाइन, गेट्वे, नेक्सस, विद्यावारी, मोनास्टिक, ग्लोबल, हाइल्याण्ड, अक्षरिका, कौतिल्य, निर्मल ज्योति, पाणिनी, ग्रिनविच, गणेश हिमाल, साम्तेन, न्यु स्टार पोल, विद्या विकास, माउण्ट सेब तथा गुहेश्वर छन् । गत संस्करणको उपाधि नेक्सस इन्टरनेसनल एकेडेमीले जितेको थियो ।

विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० हजार र चौथोले पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल फागुन ८ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?