स्थानीयले प्रहरीलाई बुझाएको चोर मेडिकल कलेजबाट फरार

Read Time = 4 mins

भैरहवा । रुपन्देहीको मायादेवी–८ शिवमन्दिर बसडिलवामा बिहीबार मध्यरातमा चोरी भयो । नगद २ लाख, सुनचादी लगायतका बस्तु चोरले लिएर जाने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिए । स्थानीय ढकबहादुर कुँवरको घरमा चोर पसेको थियो । घरमा आवाज सुनेर बुबा र छोरीले एक अर्कालाई उठेको भन्ने सोचे पनि एकैपटक दुवै जना कोठा भन्दा बाहिर आउँदा चोरले चक्कु लिएर मार्ने धम्की दियो ।

चक्कु देखाएपछि आत्तिएकी २३ वर्षिय छोरी भाग्ने क्रममा पहिलो तल्लाबाट हामफ्यालेर कुदिन् ।  भाग्ने क्रममा छोरीको मेरूदण्ड ढाड भाँचिएको छ भने बुबा ढकबहादुर घाइते भई उपचार भइरहेको छ ।

यता चोर पनि छतबाट हाम फाली भाग्ने क्रममा पूर्व इन्डियन आर्मीसमेत रहेका ढकबहादुरले पछ्याउदै प्रतिकार गरे । किराना पसलबाट चोरी गरेर चोर भाग्ने क्रममा हो हल्ला भएपछि नालामा पसेको थियो । सोही बेला चोरलाई स्थानीय र घरधनी नियन्त्रणमा लिएर कुटपिट गरी नजिकै रहेको वडा प्रहरी कार्यालयको जिम्मा लगाए ।

चोरी भएको २ लाख नगद भने प्राप्त भएको छैन । चोरको साथबाट चक्कु र ताला फोड्नका लागि प्रयोग भएको सामान बरामद भएको घरधनीले जानकारी दिए ।

स्थानीयले प्रहरीलाई बुझाएको चोरलाई प्रहरीले उपचारको लागि भिम अस्पताल लग्यो । अवस्था सामान्य नभएको भनि भिम अस्पतालले रिफर गरेको चोरलाई उपचारको लागि युनिभर्सल मेडिकल कलेज लगियो । प्रहरीको निगरानीमा रानीगाँउस्थित मेडिकल कलेजमा उपचार भइरहेको बेला चोरलाई टाका लगाउने भनी कोठामा लागियो । प्रहरीभित्र नगई बाहिर बसेको र औषधि लिन जाने क्रममा स्वास्थ्यकर्मीसँगै कोठामा रहेको घाइते चोर मेडिकल कलेजको झ्यालबाट भागेर फरार भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामु अर्यालले चोर भनेर कुटिएका पोखरा घर बताउने  केशव सुनारलाई उपचारको लागि मेडिकल कलेज पठाइएको जानकारी दिनुभयो । घाइतेको उपचारकै लागि स्वास्थ्यकर्मीले प्रहरीलाई केही लिन पठाउने क्रममा चिकित्सकीय कक्षमा रहेका झ्यालबाट फरार भागी अझै फरार रहेको बताए । 'प्रहरीले खोजी गरिरहेको छ, नियन्त्रणमा ल्याउन प्रयासरत छ,' डिएसपी अर्यालले भन्नुभयो ।

युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीले टाका लगाउने क्रममा कोठाभित्रैबाट बिरामी भागेको स्वीकार गर्नुभयाे।
-मोहम्मद हबिब

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?