वैशाखको अन्तिममा ‘हल्कारा’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘हल्कारा’ वैशाखको २९ मा देशभरका सिनेमाघरमा आउने भएको छ । अमेरिकाका विभिन्न फेष्टिभलमा पुरस्कृत यो चलचित्र प्रदर्शनमा आउन लागेको हो । अमेरिकामै बसोवास गर्दै आइरहनुभएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिको छ ।

चलचित्रमा त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गर्नुभएको छ भने थापामगर मियाको चरित्रमा हुनुहुन्छ । ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेवष्ट हृयुस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड हात पार्नुभएको थियो । यस्तै, चलचित्र नेपाल-अमेरिका फिल्म फेष्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेष्टिभलमा पनि छनौट भएको थियो ।

चलचित्रमा महेश र विनितासँगै उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ । चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेख्नुभएको हो । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रमा विक्रमकै सम्पादन छ । काठमाडौंमा करन श्रेष्ठ र जिजिए ग्रुपले चलचित्र वितरण गर्दैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?