आईसीसी विश्वकप छनोट: नेदरल्यान्ड्सविरुद्ध दबाबमा पर्‍याे नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल दुवै ओपनर आउट भएका छन् ।

ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले राम्रो सुरुवात गर्न सकेन । नेपालले २.२ ओभरमा आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ बल खेल्दा शून्यमा आउट भएका थिए । कुशल भुर्तेल १५.५ ओभरमा भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए । कुशलले ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भए । यस्तै आरिफ शेफ पनि आउट भए । चार बल खेलेर ६ रन बटुलेका उनी विक्रमित सिंहको बलमा क्याच आउट हुन पुगे । सुरुवाति ब्याट्स म्यान सस्तैमा गुमाएको नेपाल अहिले दबाबमा खेल्दैछ । अहिले १७ ओभरको खेल भइरहँदा नेपालले ३ विकेट गुमाएर ६४ रन बटुलेको छ ।

दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालले सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भए पछि नेपाललाई थप दबाब परेको छ ।

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीनवटा खेलमा पराजित हुदैँ समूह चरणबाटै बाहिरिने छ । जसकाकारण पनि नेपालले निकै मेहनतका साथ आफनो प्रदर्शन देखाउनु पर्ने हुन्छ ।

यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।

तर, चार चार पटक विश्वकप बिजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ ।

सुपर सिक्समा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समुह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?