जेरार्डलाई एसोसियट क्रिकेट अवार्ड

Read Time = 1 min

लण्डन । नामिबियाका कप्तान जेरार्ड इरामसले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसोसियट क्रिकेटर अफ दी इयर २०२२ को अवार्ड जित्नुभएको छ । जेरार्डले २०२२ मा ओडिआईमा सर्वाधिक रन बनाउनुभएको थियो । उहाँले २१ खेलमा एक शतक र आठ अर्धशतकसहित ९५६ रन बनाउनुभएको थियो । ओडिआईमा उहाँले १२ विकेट लिनुभएको थियो ।

नामिबियाले उहाँको उत्कृष्ट प्रदर्शनको सहयोगमा २१ ओडिआई खेलमा १३ खेल जितेको थियो । जेरार्डको उत्कृष्ट कप्तानीमा नामिबियाले टी-२० विश्वकपमा श्रीलंकालाई ५५ रनले हराएको थियो ।

महिलातर्फ एसोसियट क्रिकेटरको अवार्ड युएईकी इशा ओझाले जित्नुभएको छ । महिला टी-२० आई खेलमा दुई शतक, दुई अर्धशतकसहित ६७५ रन बनाउनुभएको छ । बलिङतर्फ १५ विकेट लिनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?