रास्वपाकोे बैठक जारी, समसामयिक राजनीति र उपनिर्वाचन उम्मेदवारी बारे छलफल

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रिय समितिको बैठक जारी छ ।

बैठक पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा ४ बजेबाट शुरु भएको हो ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा छलफल गर्नुका साथै समसामयिक राजनीति र संगठन बिस्तारबारे छलफल हुने पनि बताइएको छ ।

रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपी सरकारलाई समर्थन भने जारी राखेको छ ।

आजको बैठकमा सत्तारुढ दलहरुले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारबाट बाहिरिएपछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।

एक केन्द्रीय सदस्यका अनुसार सरकारमा पुन सहभागिता बारे पनि आजको बैठकमा छलफल हुने छ । सत्तारुढ दलद्वारा गठित उच्चस्तरीय राजनीतिक संयन्त्र रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?