पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा झापामा महाअभियानको उद्घाटन (तस्वीर)

हिमालय टाइम्स
Read Time = 3 mins

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाका दुर्गा प्रसाईंले सुरु गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानको सोमबार उद्घाटन गर्नुभएको छ ।

सरकारले ुजनयुद्ध दिवसुको सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गर्नुभएको हो ।

कार्यक्रम स्थलमा पुग्नुभएका पूर्वराजा शाह आधा घण्टा बसेर फर्किनुभएको छ । उहाँले त्यहाँ कुनै सार्वजनिक अभिव्यक्ति दिनुभएन। मेचीनगर नगरपालिका,६ को प्यारिभिट्टामा आयोजित समारोहमा महाअभियान सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा शाहकी श्रीमती कोमल शाह, छोरा पारश शाह र छोरी शिताष्म शाहको  सहभागिता थियो । पूर्वघोषित कार्यक्रम अनुसार शाह परिवार दिउँसोको २ बजे कार्यक्रम स्थल आइपुगेको थियो ।

उहाँहरू त्यहाँ आधा घण्टामात्रै बस्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?