बुटवल घटना अपडेट : युवतीको विषयमा झडप हुँदा यमप्रसादको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?