बागमती प्रदेशमा आजदेखि लाइसेन्समा ग्रेडिङ सिस्टम लागू

Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशमा आजबाट सवारी लाइसेन्समा ग्रेडिङ सिस्टम लागू भएको छ ।

प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयहरूमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम लागू गरेको हो ।

फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते बिदा परेकाले २ गते आजबाट लागू गर्ने भएको हो । प्रदेशमा पटक पटक रोकिँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली आजबाट लागू हुने प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?