नामिबियाले नेपाललाई दियो २८६ रनको चुनौती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको चुनौती दिएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।

नामिबियाले दिएको चुनौती नेपालले पछ्याउन थालेको छ । यो समाचार तयार पार्दासम्म नेपालले २ ओभरको समाप्तिमा एक विकेट गुमाएर ३ रन जोडेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?