बुवाको हत्या आरोपमा रोल्पामा एकजना पक्राउ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । रोल्पामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा माडी गाउँपालिका(५ का ३७ वर्षीय नरबहादुर बुढा रहेका छन्। उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

नरबहादुरको कुटपिटबाट ६९ वर्षीय प्रथमन बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरी चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरिएको हो।

पक्राउ परेका नरबहादुरलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?