नामिबियाविरुद्ध कुशल भुर्तेलको शतक प्रहार

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ ।

नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४१.५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३६ रन जोडेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले  निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।

नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।

नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?