उपचारका लागि माओवादी नेता पुन चीन प्रस्थान

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ ।

वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेको पारिवारिका स्रोतले बतायो ।

उहाँ यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किनुभएको थियो । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उहाँको उपचार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?