स्रोत नखुलेको सम्पतिलाई बैद्यता नदेउः कमल थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति बैद्य बनाउन सरकारले ऐन संसोधन गर्न लागेको प्रति आपत्ति जनाउनुभएकाे छ ।

सामाजिक सञ्जालमार्फत राप्रपा नेपालको अध्यक्ष थापाले ऐन संसोधन गरेर स्रोत नखुलेको सम्पति बैद्य बनाउनु भनेको भ्रष्टचार र ब्रम्हलुटलाई बैद्यता दिन खोजिएको बताउनु भएकाे हाे ।

‘देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उहाँले भन्नु भएको छ, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?