मोदिकाको ‘तीज आयो घुमेर’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द छ भने कुशल गीतारबादक, गायक तथा संगीतकार अनिल शाहीको संगीतसंगै एरेञ्जपनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।
मौसाबी क्रियशनको प्रस्तुतिमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाउनुभएको छ । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्दानुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी छ । म्युजिक भिडियो मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक भएको हो । यसभन्दा अगाडि मौसाबी क्रियशनमा गीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायत गीतहरू सार्वजनिक भइसकेका छन् । गीत संगीत क्षेत्रमै विगत १५ वर्षदेखि लागिरहेका भुवनले गीत एल्बम ‘शीत’ १३ वर्षअगाडि निकाल्नु भएको थियो । उहाँको शब्दमा करिब ३० वटा गीतहरू रेकर्ड भइसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?