सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखका अनुुसार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहने महाशाखाले अनुरोध गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?