काठमाडौं । सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएकाे छ ।
सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद् भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे हाे ।
आमाछोराकै कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारी र उहाँकी आमाको उपचारमा कमि हुन नदिन र संवेदनशील हुन पनि सभामुख घिमिरेले अस्पतालका प्रमुख डा. नकर्मीलाई आग्रह गर्नुभएकाे छ । साथै सभामुख घिमिरेले चन्द्र भण्डारी र उहाँकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएकाे छ ।
यता अस्पतालले दुवैजनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गरेका छन् । बुद्धनगरस्थित निवासमा बुुधबार राति ग्याँस सिलिण्डर विस्फोट हुँदा उहाँहरु जलेर घाइते हुनुभएकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच