नेता भण्डारीलाई भारत लैजानु अघि को–को नेता पुगे अस्पताल ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

खाना पकाउने ग्याँस जलन भई घाइते हुनु भएका उहाँलाई बिहीबार दिउँसो कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार थप उपचारका लागि श्रीएयर लाईन्सको विमानबाट भारत पठाइएको हो । सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको काँग्रेस सांसद दीपक खड्काले जानकारी दिनु भयो ।

सोही घटनामा परी गम्भिर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल वर्न सेन्टरमा निधन भएको थियो । यस अघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा पूर्वमहामन्त्री डा. शशांक कोइराला, प्रमुख सचेतक रमेश लेखक, पूर्व गृहमन्त्री बालकृष्ण खाँण एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलसहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुग्नु भएको थियो ।

सांसद भण्डारीको करिव ३० प्रतिशत भाग जलेको चिकित्सकहरुले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?