भेनिस फिल्म फेस्टिभलको ८०औं संस्करण आरम्भ

Read Time = 1 min

एजेन्सी । भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ८०औं संस्करण आरम्भ भएको छ । फेस्टिभलमा २३ चलचित्रहरू प्रतिस्पर्धामा छन् । यस वर्षको कार्यक्रम भेनिस लिडोमा अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म हुनेछ । फेस्टिभल उद्घाटन इटालियन निर्देशक एडोआर्डो डे एन्जेललिसको फिल्म कमोन्डेन्टेबाट भएको छ ।

कार्यक्रमको मुख्य निर्णयकमा डेमियन चाजेल हुनुहुन्छ । मुख्य प्रतियोगितामा देखाइएका चलचित्र बाहेक १९ वटा फिक्शन फिल्म तथा डकुमेण्ट्री, दुई टेलिभिजन शंखृला र एक लघुचित्र प्रतियोगिता छन् । सन् १९३२ मा स्थापना भएको भेनिसलाई विश्वकै सबैभन्दा पुरानो फिल्म फेस्टिभल मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?