बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारीका बचतकर्ता आन्दोलित

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । आफूले बचत गरेको रकम फिर्ताको गर्न माग गर्दै शिव शिखर बहुद्देश्यीय संस्थाका धनगढी शाखाका बचतकर्ता आन्दोलित भएका छन् ।

संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै संर्घष समिति गठन गरेर पीडितहरु आन्दोलित भएका हुन् । पटक पटक सहकारीमा गएर जम्मा गरको रकम फिर्ता दीन आग्रह गर्दापनि अटेर गर्न थालेपछि उनीहरुले आन्दोलित भएका हुन् ।

शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिले धनगढीको मूख्य बजारमा शान्तिपूर्ण आन्दोलन समेत गरेको छ । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेका छन् । बचतकर्ताको रकम असुल्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न समेत माग गरेका छन् । ‘हाम्रो बचतको ग्यारेन्टी गर, बचत कर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले शिव शिखर बहूद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको बताउनु भयो । बचतकर्ताको सो रकम फिर्ता नहुँदा आफूहरूको आन्दोलन जारी रहने उहाँले बताउनु भयो । प्रशासनिक रुपमा सबै ठाउँमा जानकारी गराइसकेका बताउदै उहाले जबसम्म बचतकर्ताले आफ्नो पैसा पाउँदैनन् तबसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

शिव शिखर बहूद्देश्यीय संस्थाले देशैभरीका नागरीकले जम्मा गरेको रकम हिनामीना गरेपनि सरकार मुखदर्शक भएर बसेको उनीहरुको आरोप छ । यस्तै अर्का बचतकर्ता धर्मराज जैशीले आफूले ६ लाख रकम जम्मा गरेको भए पनि अहिले सरकारी नै बन्द भएपछि वर्षौदेखिको मिहिनेत खेर गएको बताउनु भयो । उहाले स्थानीयले प्रशासनले समेत सो बारे कुनै चासो नराखेको आरोप लगाउनु भयो ।

दिनभरि ज्यालादारी गरेर जम्मा गरेको रकम सहकारीमा जम्मा गरेको बताउँदै उहाँले भविष्यमा छोराछोरी पढाउनको लागि र घर खर्च चलाउन सजिलो होला भनेर सहकारीमा वषौँदेखि पैसा जम्मा गरेको डुबेको बताउनु भयो ।

शिव शिखर बहूद्देश्यीय संस्थाका सहकारीका पदाधिकारी अहिले फरार रहेका छन् । सरकारीले गरेको बदमासीका वारेमा स्थानीय प्रशासनलाई जानकारी गराइसक्दा पनि अहिलेसम्म कुनै सुनुवाइ हुन नसकेको पीडितहरुको गुनासो छ । यस्तै धनगढीको क्याम्पस रोडमा किराना पसल सञ्चालन गर्दै आउनु भएकी पदमा ऐरले पनि आफ्नो मिहिनेत खेर गएको गुनासो गर्नु भएको छ । उहाँले सो सहकारी संस्थामा करिब १२ लाख रकम जम्मा गरेको बताउनु भयो । अहिले सहकारीका पदाधिकारी नै फरार भएपछि आफ्नो रकम पाउने हो कि होइन भन्ने चिन्ता बढेको उहाँले बताउनु भयो ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले सेवाग्राहीहरूले बचत गरेको रकम फिर्ता गर्न नसेको भन्दै केही दिन अघि सहकारीको कार्यालय समेत घेराउ गरेका थिए । दैनिक बचत, फिक्स बचतकर्ता देखि ठुलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन् । केही दिन यता सहकारीको धनगढी स्थित कार्यालय दिनभरि निक्षेप फिर्ता माग्ने ग्राहकको घुइँचो लाग्न थालेपछि सहकारी कर्मचारी नै सम्पर्क विहीन भएपछि थप आंशका बचतकर्तामा छाएको छ ।

सहकारीले दैनिक चल्ती खातामार्फत रकम सङ्कलन गर्दै आएको थियो । देशभर सेवा विस्तार गर्दै आएको शिव शिखरले सेयर धनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै केही दिन अघिबाट धनगढी सेवा कार्यालय नै बन्द गरेको छ ।

सहकारीका सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रबन्धक हेमराज जोशीले भने एकै पटक बचतकर्ता पैसा फिर्ता माग्न कार्यालय घेर्न थालेपछि समस्या उत्पन्न भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?