रूद्रमानले बालेकाे पर्यटनको दियोमा तेल थप्छु : मन्त्री किराँती

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । नेपालको पहिलो सामुदायिक होमस्टे सिरूबारी सामुदायिक होमस्टेको रजत महोत्सवको समुद्घाटन गरिएको छ । प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले रजत जयन्ती समारोहको समुद्घाटन गर्दै होमस्टेका नायक स्व क्या।रूद्रमान गुरूङ गाउँ पर्यटनको नायक भएको बताउनुभयो । गाउँ पर्यटनलाई र सिरूबारीलाई होमस्टे अध्ययन केन्द्रका रूपमा विकास गर्ने सन्दर्भमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद तथा नेपाली काङग्रेसका सभापति राजु थापाले क्या। रूद्रमान गुरूङले ग्रामीण पर्यटनका क्षेत्रमा नमेटिने इतिहास कोर्नुभएको बताउनुभयो । उहाँले सिरूबारीको विकासमा रूद्रमान गुरूङले महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङले होमस्टेलाई विश्वकै होमस्टेको अध्ययन केन्द्र बनाउने दिशामा लाग्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म चल्ने सो महोत्सवमा सङ्घीय मन्त्री अघिल्लो दिन बिहिबार बेलुकी नै सिरूबारी आउनुभएको थिय‍ो । मन्त्रीसँगै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, स्याङ्जा जिल्लाका प्रमुख अधिकारी शशिधर घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयकुमार राउत, अनुसन्धानका प्रमुख मनोज ढकाल, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, सामाजिक अभियन्ता जयराम पौडेल, वाइसिएलका केन्द्रीय सचिव हरि ढकाल लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ईन्द्रेणी परिवारका कृष्ण कडेल, मनमाया वाइवा, छत्र शाही, राजन गुरूङ, वसन्त थापा लयायतका कलाकारहरूले प्रस्तुति थियो । इन्द्रेणी टिमले करिब १५ जना अशक्त तथा बिरामीहरूलाई नगद रकम सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा रजत महोत्सवको अजवसरमा 'सिरूबारी दर्पण' २०७९ नामक कृति लोकार्पण गरिएको थियो । नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारी र होमस्टेका महानायक स्व.क्या.रूद्रमान गुरूङको योगदान र होमस्टे स्थापनाका बारेमा लेखिएको छ ।

उक्त कार्यक्रममा गाउँ पर्यटनको क्षेत्रमा पत्रकारिता मार्फत् योगदान पुर्याएको भन्दै अमृत भादगाउँले र युवराज पौडेललाई सम्मान गरिएको थियो । वर्षेनी उत्कृष्ट होमस्टेलाई दिइने रूद्रमान स्मृति पुरस्कार नवलपुरमा अवस्थित अमलटारी सामुदायिक होमस्टेलाई प्रदान गरिएको कार्यक्रम संयोजक उर्मिला गुरूङले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता सिरूबारी सामुदायिक होमस्टेका अध्यक्ष मोहन गुरूङ (जितेन्द्र) ले गर्नुभएको थियो । कार्यक्रममा स्वागत गायक राजु गुरूङले गर्नुभएको थियो भने सञ्चालन रजत महोत्सव कार्यक्रम संयोजक उर्मिला गुरूङले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
युबाराज चापागाई
युबाराज चापागाई
2023-02-17 10:31 pm

Congratulations we are proud of you 🙏🇳🇵जय शिरुबारी

रिलेटेड न्युज

छुटाउनुभयो कि ?