ललिता निवास जग्गा प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो। राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

राउत २०७८ पुस २१ मा सचिव भएका थिए।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?