राष्ट्रपतिको उपस्थितिमा सेना दिवस मनाइँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महाशिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरिन्छ ।

यसवर्ष पनि काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा नेपालभरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटहरूले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ यो दिवस मनाउँदै छन् ।

सेना दिवसमा भारतीय स्थलसेनाका पूर्व पाँच प्रमुख सहभागी हुने
नेपाली सेनाको स्थापना दिवसमा पाँचजना भारतीय स्थलसेनाका पूर्वप्रमुख सहभागी हुने भएका छन् । जसमा चारजना शुक्रबार काठमाडौं आइपुगेको र एकजना शनिबार आउने बताइएको छ ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग शुक्रबार नेपाल आइपुग्नुभएको हो । पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार बिहान मात्रै काठमाडौं आइपुग्नु हुनेछ ।

फागुन ७ गते (आइतबार) प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरूले भेटघाट गर्ने कार्यक्रम छ । सोही दिन साँझ जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा पनि उहाँहरूले सहभागिता जनाउनुहुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ । नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ ।

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते पाँचदिने नेपाल भ्रमणमा आउनुभएको थियो । नेपाली सेनाले त्यतिबेला उहाँलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?