राष्ट्रपतिद्वारा सांसद चौधरीको सम्पूर्ण कैद मिनाह

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको कैद मिनाहा भएको छ ।

आइतबार (फागुन ७) गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनको बाँकी सजाय मिनाह भएको हो। सजाय मिनाहा भएसगै उनी रिहा हुने भएका छन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको हो ।

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी गत २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको टयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सो मुद्धाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भए पछि पक्राउ गरी थुनिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?