राष्ट्रपतिको आममाफीबाट नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी रिहा

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता अरुण कुमार चौधरी कारागारमुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उहाँ कारगारमुक्त हुनुभएकाे हाे ।

उहाँलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गर्नुभएकाे थियाे । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाउनुभएकाे छ ।

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उहाँमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो । तर,  उहाँ प्रहरीको फरार सूचीमा रहँदै आएका बेला गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?