ससुरालीमा ज्वाई मृत भेटिए

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । ससुराली गएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ४५ वर्षीय थानेश्वर सुवेदी पाल्पाको रिब्दीकोट गाउँपालिका–४ भारकोटमा रहेको आफ्नै ससुराली प्रेम विश्वकर्माको घरमा आइतबार विहान सुुवेदी मृत फेला परेका हुन् ।

श्रीमति कोपिला सुवेदीसँगै शुक्रबार ससुराली पगेका उनी शनिबार बेलुका खाना खाई सकुशल सुतेका थिए । आइतबार विहान श्रीमतिले चिया खानाको लागि उठाउन जाँदा सुवेदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका –४ भारकोटमै घर भएका सुुवेदी विगत १० वर्षदेखि बुुटवलको नयाँ गाउँमा बस्दै आएका थिए । महाशिवरात्रि पर्व मनाउन उनी फागुन ५ गते ससुराली भारकोट पुगेका थिए । उनको शवलाई अहिले पोष्टमार्टमका लागि तानसेनस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?