राष्ट्रपति भण्डारीद्वारा बागलुङ कालिका मन्दिरमा पूजा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका मन्दिरको दर्शन गर्नु भएको छ । उहाँले बागलुङ बजारमा रहेको कालिका मन्दिरमा करिब १० मिनेट पूजा गरेर फर्किनु भएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आउनुभएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर, मन्दिर व्यवस्थापन समिति, बागलुङका उद्योगी व्यवसायी, राजनितिक दललगाएतले स्वागत गरेका थिए ।

मुल पुजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आरधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

हिन्दू धर्ममा कालिका भगवतीलाई शक्तिको प्रतिककाे रुपमा लिइन्छ । राष्ट्रपतिको भ्रमणपछि कालिका भगवती मन्दिरमा दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुने र चाहेकाे फल प्राप्ति हुने जनविश्वास रही आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?