संस्कृति स्कुलद्वारा फ्याब ल्याब स्थापना

Read Time = 2 mins

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालयस्तरीय फ्याब ल्याब, इन्फिनिटी फ्याब ल्याब(फ्याब्रिकेसन ल्याबोरेटरिज) स्थापना गरेको छ । सो अवसरमा थ्रिडिआई स्कुल न्युजिल्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग हृयान्सनले प्रयोगशाला स्थापना देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, वडा १५ की शिक्षा विभाग प्रमुख मैयालक्ष्मी महर्जन र गीतामाता स्रोत केन्द्र, वडा १५ की स्रोतव्यक्ति डा. शर्मिला पोखरेललगायतको उपस्थिति रहेको थियो ।

संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशिका दिप्ती आचार्यले भन्नुभयो, ‘संस्कृति इन्टरनेसनल स्कुलले यस स्तरको पहिलो फ्याब ल्याब खोल्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । यो प्रयोगशाला स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीलाई अत्याधुनिक सिकाइ अवसर प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेलेको छ । जहाँ विद्यार्थीले डिजिटल निर्माण प्रक्रिया, थ्रिडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?