काठमाडौं उपत्यकामा खुल्यो कित्ताकाट

Read Time = 2 mins

काठमाडौं । विगत लामो समयदेखि रोकिएको काठमाडौं उपत्यकामा जग्गाको कित्ताकाट खुलेको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएपछि कित्ताकाट खुलेको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याएका छन् भने अन्य विधामा छुट्याउन बाँकी छ । गैरकृषि जग्गा भने अन्य विधामा वर्गीकरणपछि मात्रै खुल्ने विभागले जनाएको छ । हाल कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरणको काम गरिरहेका छन् । सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएकोमा हालसम्म करिब एक सयवटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौंं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरि, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन् भने जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरठिमि, चाँगुनारायण नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी छ स्थानीय तहले वर्गीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?