साउदी अरेबियाका महिलाको नयाँ लुक्स

हिमालय टाइम्स
Read Time = 2 mins

रियाद । साउदी अरेबियाका कामदार महिलाहरू माझ ब्वाइजकट हेयर स्टाइल निकै लोकप्रिय बन्दै गएको छ । यो हेयरस्टाइल किशोर किशोरीहरूले पनि धेरै मन पराएका छन् ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हिजाबको आवश्यकता खारेज गरेपछि यो हेयरस्टाइल लोकप्रिय बनेको हो।

अहिले महिलाहरू यो हेयर स्टाइलमा बुर्खा बिनै मजाले हिड्न पाउने भएका छन् ।

महिलाको पहिरन र जीवनशैलीको बारेमा साउदी अरेबिया पहिला निक्कै कडा थियो । यहाँका कुनै पनि महिलाले यस्तो स्वतन्त्रता यसअघि महशुश गर्न सकेका थिएनन् ।

प्रिन्स मोहम्मद बिन सलमानले देशको रूढीवादी छवि परिवर्तन गर्ने अभियानको यो एक हिस्सा भएको बताउनुभएको छ ।

महिलाहरू अहिले घरबाहिर काम गरिरहेका छन् र उनीहरू बुर्का र हिजाब नलगाई देशका सडकमा घुम्न सक्छन्।

यहाँका बाहिर काम गर्ने धेरै महिलाहरूले पनि यो हेयर स्टाइल अपनाइरहेका छन् ।

साउदी महिलाहरूले पाँच वर्षअघि युवराज मोहम्मद बिन सलमानलाई उनका पिता राजा सलमानले उत्तराधिकारी घोषणा गरेपछि यो स्वतन्त्रता पाउन थालेका थिए।

  • एजेन्सीको सहयोगमा

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?