सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छ : महासचिव गुरुङ

हिमालय टाइम्स
Read Time = 4 mins

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताउनुभएको छ ।

बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताउनुभएको हो ।

उहाँले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताउनु भयो । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थमा दलहरुका बिचमा आपसी सहमती सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवद्र्धन हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिको सन्दर्भमा सबैको बिचमा आवश्यक सहमतिको आधारमा अगाडी बढौँ । संविधानको संरक्षण पनि हुनुप¥यो । गणतन्त्रको रक्षा पनि हुनुप¥यो । राष्ट्रिय स्वाधिनताको रक्षा पनि हुनुप¥यो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुप¥यो । त्यसो भयो भने बल्ल एकताको प्रतिक हुनसक्छ । राष्ट्रिय एकताको प्रवद्र्धक बन्नसक्छ । यो मोडेलमा जानुपर्छ । शान्ति प्रक्रियाको मुद्दा अड्किइराखेको छ । दलहरुका बीचमा सहमति र सहकार्य हुन नसकेको कारणले गर्दा यो प्रक्रिया अड्किएको छ । अबका दिनमा झन ठूला चुनौति आउँदैछन् । शक्तिकेन्द्रहरुको इपिसेन्टरको रुपमा नेपाल बन्दैछ । यो अवस्थामा दलहरु बीचमा सहमति र सहकार्यबाट बन्न सक्यो नेपालको रक्षा हुन्छ । नेपालको स्वाधिनताको रक्षा हुन्छ । दलहरुका बिचमा सहमति र सहकार्य बन्न सकेन, एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोलाई समाप्त गर्ने, एकले अर्कोलाई बिस्थापित गर्ने, एकले अर्कोलाई भित्तामै पु¥याउने खालको अस्वस्थ प्रतिष्पर्धामा जान थाल्यो भने बाहिरी शक्तिकेन्द्रहरु त्यसैमा खेल्छन् । राष्ट्रपति सबैको साझा बनाउने प्रयास गरौँ । साझा मान्यता स्थापित गर्ने प्रयास गरौँ । त्यसो हुनसक्यो भने नै राष्ट्रियताको संवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह हुनेछ ।’

उहाँले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताउनु भयो । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?