पहिलो नेपाली रक गायक खड्काको निधन

Read Time = 2 mins

काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्का (मुकुन्दकुमार खड्का)को निधन भएको छ । बिहीबार बिहान ललितपुर पुल्चोकस्थित निवासमा ६९ वर्षको उमेरमा उहाँको निधन भएको हो । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञातासमेत रहनुभएका खड्काले विधिवत् रूपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिक्नुभएको थियो । गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उहाँले सहकार्य गर्नुभएको थियो । केही अंग्रेजी गीतको रेकर्ड गराए पनि उहाँले एल्बम भने सार्वजनिक गर्नु भएन । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उहाँले सहकार्य गर्नुभएको थियो ।

पछिल्लो समय उहाँ संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा हुनुहुन्थ्यो । उहाँ क्लासिक एफएमका निर्देशकसमेत हुनुहुन्थ्यो । सोही एफएममा उहाँले कार्यक्रम पनि चलाउँदै आउनुभएको थियो । स्वर्गीय खड्काका पत्नी र एक छोरा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?