धनगढीमा नेपाली सेनाको दुई दिने बृहत प्रदर्शनी सुरु

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर दुई दिने बृहत प्रदर्शनी आयोजना गरेको छ ।

महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ शुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगायत प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रमुख तथा प्रतिनिधि, संघ/संस्थाका प्रतिनिधि तथा प्रमुख, सञ्चारकर्मी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतको सहभागिता रहेको थियो ।

शुक्रबारदेखि शुरु भएको प्रदर्शनी शनिबारसम्म हुने उपरथी विजय थापाले जानकारी दिनु भयो । उहाँले इतिहासदेखि वर्तमान सम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ सालदेखि केन्द्रदेखि प्रदेशमा यस्ता कार्यक्रम गरिन लागेको जानकारी दिनुभयो ।

निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माण लगायत प्रदर्शनीमा रहेका छन् । राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मुद्दति अङ्ग लगायत सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गर्न सकिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?