वनडे इन्टरनेशनलको आइसिसी र्‍याकिङमा सन्दीपलाई हालसम्मकै माथिल्लो स्थान प्राप्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको ताजा र्‍याकिङमा नेपालका स्टार बलर सन्दीप लामिछानेले उत्कृष्ट छलाङ हान्नुभएको छ । आइसिसीले सार्वजनिक गरेको र्‍याकिङको वनडे इन्टरनेशनलतर्फ नेपाली बलर लामिछाने ३१औं स्थानमा उक्लिनुभएको छ । काठमाडौंमा भरखरै सम्पन्न भएको विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजपछि बलर लामिछानेले यो सफलता हासिल गर्नुभएको हो ।

विश्वकप लिग-२ मा लामिछानेले उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्ड तथा नामिबियाका १३ विकेट लिन सफल हुनुभएको थियो । यही प्रदर्शनको आधारमा लामिछानेले आइसिसीको र्‍याकिङमा हालसम्मकै सबैभन्दा माथिल्लो स्थान प्राप्त गर्नुभएको हो । यो उहाँको व्यक्तिगत सफलतामात्र नभएर कुनै पनि नेपाली बलरले पाएको सबैभन्दा उच्च वरीयतासमेत हो ।

लामिछानेले आइसिसीको र्‍याकिङमा हालसम्मकै सबैभन्दा माथिल्लो स्थान प्राप्त गर्नुभएको छ । यो उहाँको व्यक्तिगत सफलतामात्र नभएर कुनै पनि नेपाली बलरले पाएको सबैभन्दा उच्च वरीयतासमेत हो ।

त्रिकोणात्मक शृंखला प्रारम्भ हुनुअघि सन्दीप एक दिवसीय वरीयताको ७२ स्थानमा हुनुहुन्थ्यो, जतिबेला उहाँको रेटिङ प्वाइन्ट ४ सय थियो । अहिले उहाँको रेटिङ प्वाइन्ट ५३६ पुगेको छ भने र्‍याकिङमा ४२ स्थानमाथि उक्लिँदै ३१औं स्थानमा पुग्नुभएको छ । यसअघि गत जुलाईमा उहाँले आफ्नो करिअरकै उत्कृष्ट ५४० रेटिङ प्वाइन्ट पाउनुभएको थियो ।

वनडे इन्टरनेशनलको विश्वव्यापी र्‍याकिङमा सन्दीपले विश्वका उत्कृष्ट बलरहरूलाई समेत पछाडि पार्नुभएको छ । सन्दीपले यसक्रममा भारतका मोहम्मद सामी, पाकिस्तानका सदाब खान, न्यूजिल्याण्डका टिम साउथी, इंग्ल्याण्डका डेविड विली, अष्ट्रेलियाका एस्टोन अगरजस्ता खेलाडीहरूलाई उछिन्नु भएको छ ।

वनडे इन्टरनेशनलमा ३१औं स्थानमा उक्लिनुभएका सन्दीप टी-२० र्‍याकिङमा समेत नेपाली बलरहरूलमध्ये सबैभन्दा माथि हुनुहुन्छ । उहाँ विगतको प्रदर्शनको आधारमा ७०औं स्थानमा रहनुभएको छ । सन्दीपपछि नेपालका अविनाश बोहरा १००औं स्थानमा हुनुहुन्छ । वनडे इन्टरनेशनलको र्‍याकिङमा नेपालका दीपेन्द्रसिंह ऐरी ९४औं र सोमपाल कामी ९२औं स्थानमा हुनुहुन्छ ।

ब्याटिङतर्फ र्‍याकिङमा नेपाली टिमका कप्तान रोहित पौडेल ६७औं स्थानमा उक्लिनुभएको छ । यो शृंखलाभन्दा अगाडि उहाँ ८२औं स्थानमा रहनुभएको थियो । ज्ञानेन्द्र मल्ल भने ब्याटिङतर्फ नै र्‍याकिङको ८६औं स्थानमा रहन सफल हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?