सर्बदलीय सरकारमा सहभागी हुनुहोस् : प्रधानमन्त्री प्रचण्ड

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सर्मथन गर्ने निर्णय गरेसँगै नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालको प्रस्तावमा कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने निर्णयसँगै प्रधानमन्त्री दाहालले सो टिप्पणी गर्नुभएको हो ।

‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरू भएको छ। हामीले जनताको चाहना अनुसार अघि बढौं भन्नुभयो। हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बैठक पछि भन्नभयो ।

उहाँका अनुसार नेकपा एसका नेता  ज्वालाका अनुसार कांग्रेसलाई समर्थन जनाउने भनिए पनि उम्मेदवारको बारेमा भने कुनै निर्णय भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?