सिटिजन्स लाइफको डायनामिक क्युआर सेवा

Read Time = 2 mins

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकको सेवा तथा सुविधालाई ध्यानमा राख्दै इ-सेवासँगको सहकार्यमा नयाँ सिस्टम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त सेवा उद्घाटन कम्पनीका एक बीमितद्वारा बीमा शुल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी गरिएको थियो । डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारका लागि फरक-फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । जसबाट सम्पत्ति शुद्धीकरणमा समेत सहयोग पुग्ने बताइएको छ ।

सिटिजन लाइफको डिजिटल सिटिजन अभियानअन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागिपरेको र आगामी दिनमा पनि डिजिटल रूपान्तरण अभ्यास जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टममार्फत् बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?