प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने हुनुभएको छ । गोरखामा हुने दुई वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।

दिलबहादुर रम्तेलको स्मृति सभालगायत कार्यक्रममा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो ।

गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?